बाँके । अनेरास्ववियु बाँकेको २० औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ । अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द र केशर शाही र कोषाध्यक्ष बर्सा मल्ल चयन हुनुभएको छ ।
अनेरास्ववियु बाँकेका तत्कालीन जिल्ला कमिटी अध्यक्ष दिनेश केसी केन्द्रीय कमिटीमा निर्वाचित भएपछि करिब एक वर्षसम्म आयोजक कमिटीको संयोजक भएर नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संगठनको नेतृत्व गर्दै आउनुभएको थियो ।