रोल्पा । नेकपा एमालेका उप-महासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाव दिनुभएको छ ।
एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश बर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि बिनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाउनुभएको हो । “दश बर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन,” उप-महासचिव ज्ञवालीले भन्नुभयो, “जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।”

उहाँले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताउनुभयो । सुन तस्करीको प्रसंग कोट्याउँदै उप-महासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गर्नुभयो ।

“दश बर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो,” उहाँले भन्नुभयो, “द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।”

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताउनुभयो ।काग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको सम्बृदिका लागि एमाले र माओवादीको गठबन्धन बनेको उहाँको भनाई छ ।

बन्द सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्षका लागि अमृत घर्ती, घनश्याम आचार्य, शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय