प्युठान । गौमुखी गाउँपालिका-१ अर्खाका समाजसेवी रबिश्वर थापाले लेख्नु भएको ‘गौमुखी क्षेत्रमा अर्खाको चिनारी’ पुस्तक बिमोचन गरिएको छ । ७२ वर्षीय थापाको पुस्तक प्रतिनिधि सभा सदस्य सुर्य थापाले बिमोचन गर्नुभएको हो ।

 

जुम्रीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थापाले गौमुखी क्षेत्रको विषयमा किताब लेखेर महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले थापाले गौमुखीमा शैक्षिक क्षेत्रमा समेत उदाहरणीय काम गरेको बताउनुभयो ।

उहाँले जिल्लाका अग्रज ब्यक्तिले आफ्नो जीवन संस्मरण लेख्न सुझाब दिनुभयो । यो पुस्तकले गौमुखी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भुमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा साहित्य परिषद प्युठानका पुर्व अध्यक्ष गेहराज थापा
भौतिक बिकासका लागि बिज्ञानको आवश्यक भए जस्तै बौद्धिक बिकास, चारित्रिक, नैतिक बिकासको लागि साहित्य आवश्यक छ ।

साहित्यकार बिपी सेढाईले पुस्तकको समीक्षा गर्नुभयो । उहाँले पुस्तकमा शैक्षिक अवस्था, सामाजिक अवस्था र सान्स्कृतिक बिबिधता उल्लेख गरिएको बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिदै साहित्य परिषद प्युठानका कार्यबाहक अध्यक्ष बिमला खनालले सिद्दिचरण श्रेष्ठले लेखेको ‘मेरो प्यारो ओखलढुंगा’ कबिताले जिल्ला चिनाउने काम गरेजस्तै जिल्लाको पहिचान दिन यस्ता कृति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लेखक थापाका मितभाई सुरेन्द्र जिसी, नेपाल पत्रकार महासंघ प्युठानका पुर्व अध्यक्ष गिरु भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । आयोजक लेखकका छोरा मित्र थापाले पुस्तकलाई प्राप्त सल्लाह सुझाबको आधारमा परिस्कृत गर्दै जाने बताउनुभयो । कार्यक्रमको संचालन पत्रकार बिजयसिंह भारतीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय