माधव खनाल
अर्घाखाँची । सामाजिक संजाल मार्फत भाइरल बनेकी अर्घाखाँची भुमिकास्थान नगरपालिका- १ ढाकावाङठुलाखोला निवासी निर्मला नेपालीको पहिलो लोकगित ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । बबिता श्रेष्ठ ‘मलेकु’द्वारा निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । हालै उनले निर्देशन गरेको यो भिडियो रिलिज भएको हो ।

बिहिवार मात्रै रिलिज भएको उक्त गितमा राजन बिकको शब्द रचना रहेको छ भने, संगीत महेन्द्र भण्डारीको छ भने अर्जुन कुँवर र निर्मला नेपालीको आवाज रहेको गीतमा मायाप्रेमको विषयमा चर्चा गरिएको छ । एक अर्काले मायाको प्रमाण दिन आग्रह गरेका छन । माया प्रेमबीचको प्रमाण जुटाउन लागि परेको गितको अभिनय दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारीको रहेको छ भने उक्त गितको भिडियो जालकाडा म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उत्तम हुमगाईंले खिचेको भिडियोलाई सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन । सयौं म्युजिक भिडियो निर्देशन गरेकी बबिताले पछिल्लो समय फरक स्वाद पस्किने कोसिस गरेकी छन । उनी नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष समेत हुन ।

https://m.youtube.com/watch?si=GyDH-cA3DVpTwy6N&v=ArPYQS2vt0s&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय