-अस्मिता केसी
मित्रता
—–
जसले,
– म हार्दा जित्न प्रेरित गरोस्
– म जित्दा थिर रहन प्रेरित गरोस्
– म रुँदा हाँस्न उक्साओस्
– म हाँस्दा हाँसिरहन प्रेरित गरोस्
डगमगाउलान् यी पाइला कतै
ठड्याओस् चोरी औँला अनि भनोस्
– अह, थाक्न मनाही छ सखी !
– बाटो बिराउन सख्त मनाही छ !!
जितोस् मलाई लडाएर, पुगोस् माथि
– जस्लाई म शीर उठाएर हेर्न सकूँ
– भुइँमा अडाए झैँ गरी नलडाओस्
साथी यस्तो होस्,
– गरोस् बेस्मारी गाली मलाई
– तर, मेरा गल्तीमा पनि ताली नबजाओस् !!
ठेगान : प्युठान बहाने, हाल काठमाडौं ।



S.K. Creative Media Group