सरद बिष्ट
प्युठान । स्वर्गद्वारी नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयबिच विभिन्न खेलमा प्रतिस्पर्धा हुने पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले ब्यानर पढेर पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । स्वर्गद्वारी नगरपालिका ४ बाझिपुरमा रहेको खेलमैदानमा भएको प्रतियोगिता पौष १८ गतेदेखि २१ गतेसम्म खेल चल्ने पालिकाले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै समन्वय प्रमुख जिसीले सरकारले खेलकुदमा लगानीको दायरा फराकिलो बढाउनुपर्ने बताउनुभयो । पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलकुदका क्षेत्रमा सोचे जस्तो प्रगति हुन नसकेको प्रमुख जिसीले बताउनुभयो । सबै सरकारले खेलाडीको आत्मबल बढाउदै क्षमता अभिवृद्वि गर्न जोड दिनुपर्ने बताउनुभयो । जिसीले जिल्लामा खेलकुदको विकासको लागि सबै संग आफू सहकार्य गरेर जाने बताउनुभयो ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले खेलकुद तथा खेलाडि उत्पादनमा नगरपालिका लागि परेको बताउनुभयो । प्रत्येक बिद्यालयबाट खेलाडिहरु छनोट गर्ने र खेलकुदको बिकासमा नगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गर्ने नगर प्रमुख भण्डारीले प्रतिवद्वता जनाउनुभयो ।
प्रतियोगितामा छात्र,छात्राका लागि १५/१५ विधाका खेलको आयोजना गरिएको स्वर्गद्वारी नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख प्रेम बहादुर जिसीले जानकारी दिनुभयो । प्रतियोगितामा स्वर्गद्वारी नगरपालिका भित्रका १० वटा सामुदायिक र २ वटा संस्थागत गरि १२ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको उहाँले बताउनुभयो । पुष १८ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २१ गते सम्म संचालन हुने छ । यहि पाैष ६ गते उद्घाटन गर्ने भनिएकाे पाचाै राष्ट्रपति रनिङ्गशिल्ड तयारी नपुगेकाे भन्दै पुस १८ काे लागि सारिएकाे थियाे ।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर खेलकुद समितिका अध्यक्ष दुर्गा बहादुर बुढाथोकीकाे अध्यक्षतामा कार्यक्रम सुरु भएकोको थियो । कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको बिशेष उपस्थिति थियो भने, नगर उपप्रमुख मिनराज राना मगर, जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मी, स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत माेहन पाैडेल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्वर्गद्वारी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारी, शिक्षक, विद्यार्थी, खेलप्रेमी लगाएको उपस्थिति रहेको थियो ।
खेलको पहिलो दिनमा छात्र र छात्रा तर्फकाे सटपुट थ्राे र ज्याभ्लिङ्ग थ्राे मा अमर माध्यमिक बिद्यालयका दुई छात्र सुशील श्रेष्ठ र मनाेज भण्डारीले बिधालयका लागि दुई गाेल्ड बिजयी हासिल गर्न सफल भएका छन्। यस अघि अमर माध्यमिक बिद्यालयले ३ पटक लगातार शिल्ड जितेर बिद्यालयको गरिमा राखेको थियो ।