प्युठान । सरुमारानी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एघार वटा विद्यालयले भाग लिएका छन ।

संविधान सभा सदस्य धन बहादुर रायमाझीले व्यानर वाचन गरेर उदघाटन गर्नुभयाे । छात्र र छात्रा को लागि विभिन्न १५ बिधाको खेल संचालन गरिएको प्रबक्ता चिन्त सोमै मगरले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, जिल्ला समन्वय समिति प्युठानका उप -प्रमुख दुर्गा रेग्मीकाे विशिष्ट आतिथ्यता रहेको थियो ।

सरूमारानी गाउँपालिकाकाे प्रमुख प्रशाससकिय अधिकृत देविराम पाठककाे स्वागतमा र शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रमका झलकहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय