प्युठान । झिमरुक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपती रनिङशिल्ड प्रतियाेगिता सुरू भएकाे छ । प्रतियाेगिताकाे प्रतिनिधि सभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभयाे ।

उद्धाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले खेलकुद र शिक्षाको समग्र विकासमा सबैले चासो दिनुपर्ने बताउनुभएको छ। उहाँले राम्रो खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । विद्यालय तहमा खेलाडी उत्पादनका लागि राज्यका सबै तहका सरकारहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो । सबै भन्दा पहिला मानविय विकास महत्वपूर्ण रहेकाे भन्दै मानविय विकासको लागि शैक्षिक गुणस्तरमा जाेड दिने बताउनुभयाे ।

एक फरक प्रसङ्गमा उहाँले झिमरुक गाउँपालिका आफैमा बहुआयामिक क्षेत्र भएकोले यहाँका सम्भावनाहरुको पहिचान गर्दै बिकासको निम्ति सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभयो । जिल्लाको बिकास र समृद्धिको लागि सबैको सहकार्य र एकता आवश्यक रहेकोले निर्वाचित जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने बताउनुभयो । “झिमरुकको पहिचान बिकासलाई कसरी अगाडि बढाउछौ।” प्युठानको केही महत्वपूर्ण आयोजनाहरुमा पहिचान गर्नुपर्ने आवश्यक भएको छ ।” उहाँले भन्नुभयो, “हामिले दिने बिकासलाई आम नागरिकले अपनत्त्व हुने गरि प्रतिफलसंग जोडेर लैजानुपर्छ ।”

“अहिले हाम्रो बिकास गाउँ तिर उकालो लाग्दै छ, तर गाउँका जनता बसाइँसराइ गर्दै सहरतिर ओरालो लाग्दै हुनुहुन्छ।” उहाँले भन्नुभयो, “यसलाई गाउँमै बसाउने बाताबरण कसरी गर्न सकिन्छ भन्ने तर्फ सबैले सोचौं ।” हामीले स्थानीयलाई रोजगार र आय आर्जन संग जोडेर लैजान सकेमात्र समस्या हल हुने उहाँले बताउनुभयो । भनसुन र कार्यकर्ता मुखी योजना होइन अब योजना बस्तुगत आवश्यकताको आधारमा बिकासका गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य निमा गिरीले खेलाडीहरुलाई हौसला दिदै हाम्रा लक्ष्य नदि झै अटल र निडर हुनुपर्ने बताउनुभयो । “मोति बाहिर चम्किन्छ शिक्षित मान्छे भित्रबाट चम्केको हुन्छ,” उहाँले भन्नुभयो, “खेलाडी भित्रैबाट चम्किलो हुनुपर्छ ।” बालबालिकाकाे सर्वाङ्गिर्ण विकासका लागि बिद्यालय उमेरदेखि नै खेलकुद, संगित जस्ता क्रियाकलापमा विद्यार्थी भाइबहिनीहरुलाई उपयुक्त वातावरण सृजना गरिदिनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले बालबालिकाको चौतर्फी बिकासको लागि अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने भएकोले बिद्यालय स्तरबाट खेलकुद, संगीत, नृत्य जस्ता विद्यार्थीको रुचिको बिषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्वस्थ जनशक्तिको माध्यमबाट झिमरुकको समृद्धि हासिल गर्न सकिने भएकोले शारीरिक, मानसिक रुपमा स्वास्थ्य रहन खेलकुद अपरिहार्य भएको बताउनुभयो । पालिकाको समृद्धिको लागि सबैको सहकार्य महत्त्वपूर्ण हुने भन्दै एकमना एकताका साथ लाग्नुपर्ने उहाँको भनाइ छ । १०९ वटा शैक्षिक संस्थाहरुबाट ८ हजार बढी विद्यार्थीहरुले शिक्षा लिदै गरेको भन्दै ती विद्यार्थीलाई हामिले कस्तो बनाउने भन्ने हाम्रो शैक्षिक प्रणाली र शिक्षकको पठन शैलीमा भरपर्ने भएकोले यस तर्फ ध्यान दिन सबैलाई अग्रह गर्नुभयो ।

स्थानीय सरकारले प्रत्येक बिद्यालयहरुमा खेलकुदलाई महत्त्व दिएर अगाडि बढ्नुपर्ने उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उहाँले भन्नू भयो, “खेलको माध्यम बाट गाउँ समाज जिल्ला प्रदेश राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तर सम्म देश लाई चिनाउने माध्यम खेलकुद भएकोले यस तर्फ सबै सरकारहरुले लगानीको दायरा बढाउनु पर्छ ।” खेल क्षेत्रमा खेलाडीको आक्रषण बडाउन अवसर र सीप दुबै दिने खालको योजनाना अगाडि पढ्नुपर्ने बताउनुभयो ।

प्रतियाेगितामा गाउँपालिकाभित्र रहेका १३ वटा माध्यामिक तह अन्तरगतका सामुदायिक विधालयबाट खेलाडीको सहभागिता रहेकाे शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रतियाेगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू खेलाईनेछ । प्रतियोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, लगायतका खेलमा खेलाडी सहभागी रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाडीले स्वागत पीटी प्रदर्शन, स्वागत गितको प्रस्तुति देखाएका थिए । बिजेता खेलाडीलाई प्रमाणपत्र मेटल शिल नगद प्रदान गरिने छ ।

झिमरुक गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपती रनिङ् शिल्ड प्रतियाेगिता झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले गर्नुभएको थियो भने कार्यक्रम संचालल शिक्षा शाखा प्रमुख मोहन बिसीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी, पत्रकार महसंघ प्युठान अध्यक्ष संजय रिजाल, राष्ट्रिय जनमोर्चाका गाउँकमिटी सचिब खिम बहादुर बिक, नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्ष इन्द्रमणी, पोख्रेल नेकपा माओवादी केन्द्रका झक बहादुर जिसी, जनता समाजवादीबाट श्रीराम पोख्रेल, शिक्षक महासंघका सेर बहादुर थापा  लगाएलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यालय वडा अध्यक्ष जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, खेलाडी, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकार लगाएको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय