प्यूठान । प्यूठान नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्ति माध्यमिक विद्यालय रातामाटाले प्राप्त गरेको छ । प्रतियोगितामा २५ स्वर्ण पदक सहित मुक्ति माध्यमिक विद्यालयले उपाधि हात पारेको हो ।

प्रतियोगितामा १४ स्वर्ण पदक सहित जनता माध्यमिक विद्यालय दोस्रो र ७ स्वर्ण पदक सहित वालविद्या माध्यमिक विद्यालय तेस्रो भएका छन ।

प्रतियोगितामा १४ वटा माध्यमिक विद्यालय सहभागी भएका थिए । ५ विधामा सञ्चालन भएको प्रतियोगितामा २४ वटा खेल समावेश गरिएको नगरपालिकाले जनाएको छ । विजयी विद्यालय तथा विद्यार्थीलाई समापन कार्यक्रममा नगरपालिका उप-प्रमुख देवेन्द्र वर्माले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय