काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आउँदो पुस महिनाको २ गते हुने भएको छ ।
समारोह काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको त्रिवीले एक सूचना जारी गरी जानकारी दिएको हो ।
त्रिवीले उक्त समारोहमा सहभागी हुने विद्यार्थीहरूमध्ये छात्रले कस्तो पोशाक लगाउने र छात्राले कस्तो पोसाक लगाउने भन्नेबारे पनि सोही सूचनामार्फत जानकारी गराएको छ ।
जसअनुसार छात्रहरूले स्वइच्छा अनुसार कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी लगाउनुपर्नेछ ।
यसैगरी, छात्राहरूले स्वइच्छा अनुसार औपचारिक पोशाक वा साडी, ब्लाउजमा र त्रिवीले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी लगाउनुपर्नेछ ।
त्रिवीले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुनेछ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ ।
यसका साथै दीक्षान्तमा त्रिवीले उपलब्ध गराएको पोसाक लिन, कार्यक्रममा सहभागी हुन र प्रमाणत्र लिनका लागि आफूले समारहमा सहभागी हुन भरेको अनलाइन फर्मको फोटोकपी अनिवार्य उपलब्ध गराउनुपर्ने त्रिवीले जनाएको छ ।