काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ ।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न सुपरिवेक्षक र गणक गरि २ सय ३० कर्मचारीको लागि दरखास्त माग गरेको हो ।

काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि आवेदन माग गरे अनुसार सुपरिवेक्षकको लागि २१ जना र गणकको लागि २ सय ९ जनाको दर्खास्त आव्हान गरेको छ ।

सुपरिवेक्षकको लागि तथ्यांक शास्त्र, जनसंख्या वा अर्थशास्त्र गणित बिषयमा स्नातक गरेको हुनेपर्ने र गणकको लागि यी बिषयमा प्रमाणपत्र तह उतिर्ण गरेको कम्प्युटरमा दक्ष भएको हुनुपर्ने योग्यता तोकेको छ ।

सुचना प्रकाशित मितिले २१ दिन भित्र योग्यता पुगेका उम्मेदवारले अनलाइन मार्फत आवेदन दिन सकिने महानगरले जनाएको छ । बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर