प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा सरोकारवालालाई तीन दिने जनकेन्द्रित स्वास्थ्य सेवा अवधारणा सम्बन्धी तालिम शुरु गरिएको छ । बुधबार जनप्रतिनिधि, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, लगायत सरोकारवालालाई यो तालिम दिइएको हो ।

ग्रामिण भेगका आम जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने र स्वास्थ्य क्षेत्रको सुधारको लागि अब बन्ने पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समाबेश गरेर कार्यान्वयनमा लैजान सजिलो होस् भन्ने प्रमुख उदेश्य सहित यो तालिम आयोजना गरिएको सहकर्मी समाजले जनाएको छ ।

तालिममा कार्यक्रमको उदेश्य, विकास अवधारणा, समावेशिता, सुशासन, टोल विकास संस्था निर्माण तथा सञ्चालन कार्यविधि, दिगो र मर्यादित सामाजिक रूपान्तरण, नागरिक समुदाय तथा साझेदार संस्थाको भूमिका सम्बन्धमा सहकर्मी समाजका म्यानेजमेन्ट डाइरेक्टर राजाराम गुप्ता र कार्यक्रम संयोजक पुनारम पन्थीको प्रस्तुतिकरण रहेको थियो।

तीन दिनसम्म चल्ने तालिममा समुदायका सदस्य महिला, दलित, जनजाति, युवा, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत, अल्पसंख्यक लगायतका नागरिकलाई टोल विकास संस्थामा मार्फत सशक्तीकरण गर्दै स्वास्थ्य, शिक्षा, रोजगार, पुर्वाधार, कृषि, लगायत सेवाको पहुँचमा ल्याउन महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

नागरिकलाई सचेत, जागरूक र सामूहिक रूपमा विकास प्रक्रियामा सहभागी गराउन यो तालिम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । उहाँले सेवा प्रवाह, स्वास्थ्य तथा सूचना पहुँच, र अन्य विकास प्रक्रियामा नागरिक सहभागिता जरुरी रहेको बताउनुभयो । तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

समाबेसी र जवाफदेहिता स्वास्थ्य सेवाका लागि समुदायहरुलाई शसक्त बनाउने पहुँच-कार्यक्रम अन्तर्गत जर्मन सरकारको सहयोगमा, झिमरुक गाउँपालिकाको समन्वय र सहकर्मी समाज बाँकेको आयोजनामा कार्यक्रम शुरु भएको छ ।

झिमरुक गाउँपालिकामा ८ वटा वडा रहेको भएपनी पहिलो चरणमा ४ वटा वडाबाट यो कार्यक्रम शुरु गरिएको छ। आगामी आर्थिक वर्षसम्म सबै वडामा यो कार्यक्रम पुर्याउन पहल गरिरहेको सहकर्मी समाजका कार्यक्रम संयोजक पुनारम पन्थीले बताउनुभयो।

म को हुँ, मैले गर्ने काम केहो ? समाज रुपान्तरणमा मेरो भुमिका के रहन्छ ? भन्ने विषयबाट कार्यक्रम शुरु गरिव्को थियो । यी प्रश्नको जवाफ पहिले आफैबाट खोज्नुपर्नेमा जोड दिएको थियो । यो विषयले आफ्नो पद जिम्मेवारी के हो कसरी त्यो जिम्मेवारी पूरा गर्न सके सकिन भन्ने कुराको बोध भएको थियो ।

जनकेन्द्रीत स्वास्थ्य सेवा, विकास र शुसासनमा नागरिकको प्रत्यक्ष सहभागिता र समुदाय स्तरमा स्थानिय सरकार लगाएत जनप्रतिनिधीले गर्नुपर्ने मुख्य कार्यहरु बारेमा समेत स्पष्ट पारिएको थियो ।

सोहिक्रममा आफुले गरेको कामबाट सन्तुष्टि भएको कुरा दर्जन बढी अनुभव भएको सुनाउदै उपाध्यक्ष पोख्रेलले सबैभन्दा बढी खुशी र आफ्नो कार्य प्रती सन्तुष्टि गरिव दुखी बेसहारा भएका बिरामीहरुको उपचारमा सहयोग गरेर निको भएको अनुभव सेयर गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, स्वास्थ्य शाखा प्रमुख बिकास केसी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सहकर्मी समाजका सामाजिक परिचालनको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिआइजेट (GIZ) को हेल्थ एडभाइजर समि पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय