प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण विद्युत सेवा अवरूद्भ भएको छ। बुधबार बेलुकादेखी लाखाचौरदेखि माथी खवाङ, लिघा, फाउनेपोखरी, डाम्री, स्याउलिबाङसम्मको विद्युत सेवा अवरूद्भ भएको विद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रले जनाएको छ ।

मर्मतको लागी ६ जनाको टोली परिचालन गरिएको बितरण केन्द्रले जनाएको छ । विभिन्न स्थानमा रुख ढलेर लाइनमा क्षति पुगेकोले बिहानैदेखि मर्मतको काम भैरहेकोले केन्द्रको भनाइ छ । केन्द्रका अनुसार बेलुकासम्म अवरुद्ध भएको विद्युत सेवा सुचारु हुने जानकारी दिएको छ।

विद्युत सेवा अवरूद्भ भएपछि उक्त क्षेत्रका स्थानीयलाई सास्ती भएको बताइएको छ। अहिले विद्युत सेवा अवरूद्भ भएको कारण उक्त क्षेत्रमा टेलिफोन सेवा समेत प्रभावित भएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय