रोल्पा । रोल्पामा जिप दुर्घटनामा परी ज्यान गुमाउने सवैको पहिचान खुलेको छ । विहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा थवाङ गाउँपालिका १ जलजलामा लु. १ ज. ४१६७ नम्बरको जीप दुर्घटनामा रुकुम पूर्व र दाङका गरि २० जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

दुर्घटनामा दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका ५ मा बस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वको भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिना बस्नेत रहेका छन् ।

त्यसैगरी मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन् ।

जिपको छतमा बसेका सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय समीर कामीले भने हाम फालेर ज्यान जोगाउनुभएको थियो । दुर्घटनाको छानबिनका लागि सरकारले एक समिति समेत बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय