प्यूठान । सदरमुकाम खलङ्गामा संचालन भएको जिल्ला स्तरीय ब्याडमिन्टर प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा खलंगाका सुराज श्रेष्ठ र राजन केसीको जोडी प्रथम भएको छ । ऐरावति गाउँपालिका करण रायमाझी र झबिन्द्र राउतको जोडी दोस्रो भएको छ । भने तेस्रो धिराज श्रेष्ठ र दिनेश बिक्रम शाहको जोडी भएको आयोजक मल्लरानी ब्याडमिन्टन क्लव खलङ्गाका कोषाध्यक्ष निरन्जन श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा बिजेताले प्रथम पुरस्कार २० हजार, द्धित्तिय पुरस्कार १५ हजार र तृत्तिय पुरस्कार दश हजार रुपियाँ प्राप्त गरेका छन ।

मल्लरानी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा विभिन्न ठाउँबाट ३२ टिम सहभागी भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय