प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले चाडपर्व विशेष सुरक्षा योजना बनाएर सम्भावित अपराध न्यूनिकरण गर्ने तयारी गरेको छ । नजिकिदै गरेको दशै तिहारको अवसरमा हुनसक्ने अपराधलाई रोक्न प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाएको हो ।
घटस्थापनाको दिनदेखि लागु हुने गरि योजना बनाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरहरी अधिकारीले बताउनुभयो । चाडपर्व विशेष सुरक्षाका लागि
२४७ जना प्रहरी परिचालन हुने समेत उहाँले जानकारी दिनुभयो । मेला हुने स्थान, बढी भिडभाड हुने स्थानमा सोही अनुसारको प्रहरी परिचालन गरिने प्रहरी प्रमुख डिएसपी अधिकारीले बताउनुभयो ।
शुक्रबार पत्रकार भेटघाटमा भदौ महिनादेखि हालसम्म सम्पादन भएका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्युठान जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह तथा अन्य समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।


S.K. Creative Media Group