प्यूठान । प्युठान प्यूठान नगरपालिका-३ ओखरबोटमा जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।
ना ४ ख ५९४६ नम्बरको बसको ढोकाबाट खसि टायरले किच्न जाँदा स्थानीय १० वर्षीय पुस्कर सुनारको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी बिष्टको कमाण्डमा ६ जनाको टोली खटि गएको थियो । घटनापछि चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


S.K. Creative Media Group