काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबीले) नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार विनिता खड्कालाई पक्राउ गरेको छ ।

इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा खड्कालाई शुक्रबार महाधिवेशनस्थल खुल्लामञ्चबाटै पक्राउ गरिएको हो ।
इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको प्रकरणमा खड्काको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिनुभयो ।

कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको जनाइएको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नामसमेत अनुसन्धानमा जोडिएको थियो । सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको हो ।

यसअघि सिआईबीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै दुई करोड ५० लाख रुपियाँ ठगी गरेको आरोप छ । उक्त प्रकरणमा खड्काको संलग्नता र भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय