प्यूठान । मल्लरानी फुड फेस्टिवल २०८२ सञ्चालन गर्दा भएको खर्च विवरण सार्वजनिक गरिएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले शनिबार एक कार्यक्रमको आयोजना गरेर आय–व्यय सार्वजनिक गरेको हो ।

कार्यक्रममा बजार क्षेत्रका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले ९ लाख ४७ हजार १८७ रुपियाँ आम्दानी र ७ लाख ४९ हजार ३१९ रुपियाँ खर्च भएको बताउनुभयो । हालसम्म ४ लाख ७१ हजार १८७ रुपियाँ रकम उठेको र ४ लाख ७६ हजार रुपियाँ उठ्न बाँकी रहेको उहाँले जानकारी गराउनुभयो ।

बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुले मल्लरानी फुड फेस्टिबललाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजानुपर्ने सुझाब दिएका छन । त्यसको साथै खलंगा बजारमा समेत फुड फेस्टिबल लगाउने गरि योजना बनाउनुपर्नेमा छ्लफल भएको छ । कार्यक्रमको सञ्चालन सचिव पशुपति श्रेष्ठले गर्नुभएको थियो ।



S.K. Creative Media Group