प्यूठान । आजदेखि यातायात व्यवसायीले अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेका छन । सार्वजनिक यातायात बचाउ केन्द्रीय समितिको आह्वानमा आजदेखि देशभर सार्वजनिक यातायात बन्द गर्ने निर्णय सहित आन्दोलन शुरु भएको हो ।

यातायात बचाउ केन्द्रीय समितिको मागमा ऐक्यवद्धता जनाउँदै नमस्ते प्यूठान यातायात सेवा प्रालिले यातायातका साधान पूर्ण रुपमा बन्द गरेको कार्यालय प्रमुख दिल बहादुर दसौदीले बताउनुभयो । विभिन्न ७ बुँदे मागप्रति प्रालिको ऐक्यवद्धता रहेको उहाँको भनाई छ ।


स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले आफ्‌ना व्यवसायीलाई यातायात सञ्चालन नर्गन र आन्दोलनको अवज्ञा नगर्न आग्रह गरेको छ ।

सार्वजनिक यातायात बन्द भएपछि विहानैदेखि यात्रुहरुले दुःख पाएका छन । जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय