प्यूठान। स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६, बेलबासका शरद पोख्रेलले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । त्रिचन्द्र क्याम्पस कमिटीबाट निरन्तर २०७० सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय पोख्रेलले सदस्य, सह-संयोजक हुँदै अध्यक्ष पदमा रहेर काम गरिसक्नुभएको छ ।
हाल अनेरास्ववियु केन्द्रिय सदस्य तथा शैक्षिक विभागको उप-प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । अहिले अध्यक्ष पदका लागि प्रमुख दाबेदारका रूपमा अघि बढ्नुभएको छ ।
३२ वर्षे उमेर समूहमा पोख्रेल संगठनात्मक कार्यदक्षता र आन्दोलन नेतृत्वको हिसाबले सबैभन्दा अगाडि देखिनुभएको छ ।
उहाँले विद्यार्थी आन्दोलनको औचित्य जोगाउँदै वर्तमान विद्यार्थी राजनीति सही दिशामा लैजाने बताउनुभयो । शिक्षित युवाको विदेश पलायनलाई रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न विद्यार्थी नेतृत्व निर्णायक हुनुपर्ने उहाँको भनाई छ ।



S.K. Creative Media Group