मित्र थापा
अर्खा । गौमुखी गाउँपालिकाको १ र २ वडालाई पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ । वडा नम्बर १ को वडा भवनमा एक कार्यक्रम गरेर पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रममा घरमा हुने सुत्केरी शुन्य गराउनमा महत्वपूर्ण भूमिका निभाउने स्वास्थ्यकर्मी, आमा समुहका सदस्य, जग्गादातालाई सम्मान गरिएको थियो ।
गौमुखी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डोर बहादुर रानाको अध्यक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका उप-प्रमुख गोमा रेग्मी, बिशेश अतिथि गाउँपालिका उपाध्यक्ष महावीर राना रहनुभएको थियो । कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिका जनस्वास्थ्य इन्चार्ज केशव केसीले गर्नुभएको थियो ।
नारीकोटमा २०८० असार २४ गते, खुङमा २०८० असार २५ गते, पुजामा २०८१ असार २५ गते, लिवाङमा २०८२ जेठ २० गते र
रजबारामा २०८२ जेठ २१ गते घोषणा गरिएको स्वास्थ्य शाखा इन्चार्ज हरी प्रसाद जैसीले बताउनुभयो ।




S.K. Creative Media Group