प्यूठान । प्यूठान नगरपालिका- ५ अन्तर्गत रहेका माध्यमिक र आधारभूत तहका तीन वटा विद्यालयमा मुख स्वास्थ्य परीक्षण गरिएको छ ।
जुम्रीकाँढा स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको एक टोलीले मुख स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा कक्षा ६ भन्दा मुनिका बालबालिकाहरूको मुख, दाँत र गिजाको स्थिति जाँच गरिएको स्वास्थ्य चौकी प्रमुख गोबिन्द केसीले जानकारी दिनुभयो । परीक्षणका क्रममा धेरैजसो बालबालिकामा कीराले खाएको दाँत, मुखको सरसफाईको कमी र अन्य मौखिक समस्याहरू भेटिएको उहाँले बताउनुभयो ।
बालबालिकाहरुमा प्रारम्भिक अवस्थामा मुख सम्बन्धि रोगहरुको पहिचान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । बालबालिकालाई दाँत सफा राख्ने तरिका, नियमित ब्रस गर्ने महत्त्व, चिनीजन्य खानेकुरा कम खानेजस्ता मौखिक स्वच्छता सम्बन्धी सुझावहरू दिइएको थियो ।



S.K. Creative Media Group