प्यूठान । प्यूठान अस्पतालमा पहिलो पटक पाठेघरमा पलाएको मासुको सफल सल्यक्रिया गरिएको छ । गौमुखी गाउपालिका कि ४७ वर्षिय एक महिलाको पाठेघरमा पलाएको मासु सल्यक्रिया गरेर निकालिएको हो ।

उपचार गर्न जिल्ला बाहिर जान आर्थिक अभावमा रहेकी उनको सोमवार प्यूठान अस्पतालमा सल्यक्रिया गरिएको उपचारमा संलग्न एम.डि.जि.पी डाक्टर निराजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँ लामो समयसम्म पाठेघरमा पलाएको मासुको कारण समस्यामा हुनुहुन्थ्यो । जिल्लामै सहुलियतमा उपचार गर्न पाउदा खुसी व्यक्त गर्नुभयो ।

प्यूठान अस्पतालका महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर मनिषा महर्जन र एम.डि.जि.पी डाक्टर निराजन श्रेष्ठ नेतृत्वको टिमले सल्यक्रिया गरेको हो । आर्थिक हिसावले जिल्ला बाहिर सोहि प्रकृतिको सल्यक्रिया गराउदा एक लाख भन्दा बढी रकम खर्च लाग्ने डाक्टरको भनाइ छ ।

हाल प्यूठान अस्पतालमा महिला तथा प्रसुतिरोग , हाड जोर्नि तथा नसारोग , एम.डि.जि.पी , जनरल मेडिसिन , रेडियोलोजिस्ट , मनोरोग र बालरोग गरि ७ विशेषज्ञ सेवा संचालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ओम प्रसाद अर्यालले जानकारी दिनुभयो । सल्यक्रिया गरिएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय