प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि पुर्व बजेट छलफल कार्यक्रम गरेको छ । नयाँ निती तथा कार्यक्रम र बजेटको तयारी गारिरहेको गाउँपालिकाले मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाले आगामी बजेटको प्राथमिकताका विषय औल्याएका छन । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता दिएर बजेट बिनियोजन गर्न सुझाब दिएका छन ।
उनीहरूले अधुरो योजनलाई पुर्णता दिन, बजार क्षेत्रमा सिसि क्यामरा जडान गर्न, एक घर एक धाराको निती कार्यान्वयन गर्न, पालिका भवन निर्माण गर्न सुझाव दिएका छन ।
त्यसैगरी जेष्ठ नागरिकलाई बजेट ब्यबस्थापन, जडिबुटी पहिचान संकलन र ब्यबस्थापन, उद्यमशिलातालाई प्रवर्द्धन गर्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने सहभागीले बताए ।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय सामिति प्युठानका प्रमुख धारम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राजानितिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका प्रतिनिधि लगायतको सहभागिता थियो ।
प्रमुख प्रशासकीय आधिकृत बाबुराम न्यौपानेले स्वागत, उपाध्यक्ष रमेशकुमार श्रेष्ठले कार्यक्रमको उदेश्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन बन्दना शाक्यले गर्नुभएको थियो ।



S.K. Creative Media Group