प्यूठान । वुटवल उद्योग वाणिज्य संघले सञ्चालन गरेको रुट्स अफ सर्कुलारिटी इनक्यूबेटर कार्यक्रमबारे प्यूठान उद्योग वाणिज्य संघमा छलफल तथा अन्र्तक्रिया भएको छ । विहिबार विहान संघको सचिवालय स्थित सभाहलमा परियोजनाको उदेश्य, परियोजनाले समेट्ने व्यवसाय लगायतका विषयमा छलफल भएको हो ।
परियोजनाले लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका त्यस्ता उद्यम व्यवसायलाई असार २९ गतेभित्र आवेदन दिन आह्वान गरेको छ । प्रदेशभरबाट उत्कृष्ट १० वटा उद्यमी छनौट गरिने परियोजनाको लक्ष्य रहेको छ । ती छनौटमा परेका उद्यमीलाई व्यवसाय प्रर्वद्धनका लागि आठ महिनासम्म परियोजनाले सहयोग गर्नेछ ।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले पुनःप्रयोग, पुनः उत्पादन, दिर्घकालिन प्रयोगलाई लक्षित गरेर सञ्चालन भएका उद्यमहरु समेटिने बताउनुभयो । उहाँले फाहोर प्रशोधन, प्लास्टिक तथा सिसाजन्य वस्तुको पुर्नप्रयोग जस्ता विषय पर्ने भएकाले त्यस्ता उद्यमी तथा व्यवसायीले आवेदन दिन सक्ने बताउनुभयो ।
परियोजनाको तर्फबाट परियोजना अधिकृत केशव ढकाल र विजनेस कोच सुरेश सापकोटाले परियोजनाको बारेमा सहभागीलाई प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्यूठान उद्योग वाणिज्य संघका महासचिव झवेन्द्र शर्माले गर्नुभएको थियो ।



S.K. Creative Media Group