प्युठान । झिमरुक गाउँपालिका-६, तोरवाङमा भलिबल तथा क्रिकेट प्रतियोगिता हुने भएको छ। आउदै गरेको शुभ दिपावली तथा छड पर्वको अवसर पारेर बडास्तरीय भलिवल तथा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
झिमरुक गाउँपालिका-६ को आर्थिक वर्ष २०८२-०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत खेलाडीहरुलाई खेलकुदमा आकर्षक गराउदै क्षमता विकास गर्ने उद्देश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।
बडास्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता यही असोज २८ गतेदेखि शुरु गरिने छ भने क्रिकेट प्रतियोगिता असोज ३१ गतेदेखि संचालन गरिने वडा सचिब रामकुमार चौधरीले जानकारी दिनुभयो ।
टिम दर्ताका लागि बडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । खेलाडीले आफ्नो टिम दर्ताको लागि यहीँ असोज २७ गते बेलुका ५ बजेसम्म समय दिएको छ । टिम दर्ता शुल्क भने २ सय रुपैयाँ निर्धारण गरिएको छ । भलिबल तर्फ पुरुष तथा महिला भलिबल प्रतियोगिता गरिने आयोजकले जानाएको छ ।
भलिबल प्रतियोगिता झिमरुक गाउँपालिका-६ मर्कावाङ स्थित गोयली खेलमैदान संचालन गरिने छ । त्यस्तै क्रिकेट प्रतियोगिता झिमरुक गाउँपालिका-५, मच्छी स्थित मैनाके खेलमैदानमा गरिने वडा सदस्य हेमराज भट्टराईले जानकारी दिनुभयो ।
पुरुष भलिबल तर्फ प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार रहेको छ भने महिला भलिबल तर्फ प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ८ हजार र तेस्रो पुरस्कार ५ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिने वडा कार्यालयले जनाएको छ । त्यस्तै किकेट तर्फ प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार नगद र मेडल प्रमाणपत्र प्रदान गरिने छ




S.K. Creative Media Group