आगामी पुस १० गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले यस शैक्षिकसत्रमा सामुदायिक तथा संस्थागत बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न छलफल गरेको छ । बिहिवार पालिकाको सभाहलमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँगको बैठकमा चालू शैक्षिकसत्रमा बिद्यालयको नतिजामा थप सुधार ल्याउन छलफल गरेको हो ।

बैठकमा हालसम्म बिद्यालयमा भएको शैक्षिक गतिविधि, सामाजिक परिक्षणको अवस्था, शैक्षिक प्रगति लगायतको बारेमा रिपोर्टिङ भएको थियो । त्यस्तै आजको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुस १०, ११ र १२ गते सुरु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८२-०८३ को कार्यक्रम कार्यान्वयन कार्यविधिको विषयमा र अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन-२०७५ सम्बन्धि जानकारी गराइएको रानाले बताउनुभयो ।

विद्यालयहरूले लिखित रुपमा रिपोर्ट पेस गेर्ने, हरेक विद्यालयले आफ्नो सेवाक्षेत्र भित्रका विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक तयार गर्ने र सो तथ्यांक पालिकाको शिक्षा शाखामा प्रतिबेदन पेश गर्नुपर्ने बताउनुभयो ।

उक्त बैठक शैक्षिक उपलब्धि, शैक्षिक योजना र रणनीतिहरू तय गर्ने उद्देश्यले प्रधानाध्यापकसँग नियमित बैठक, छलफल गर्दै आएको पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । बैठकमा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, बिद्यालयका शिक्षकहरूको भूमिका, स्रोतसाधनको व्यवस्थापन र शैक्षिक गतिविधिहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन प्रधानाध्यापकहरुलाई अध्यक्ष महतरा क्षेत्रीले आग्रह गर्नुभयो ।

झिमरुक गाउँपालिकामा सामुदायिक र संस्थागत माध्यमिक बिद्यालय १३, निम्नमाध्यमिक बिद्यालय ७ र प्राथमिक बिद्यालय ३३ वटा गरि ५३ वटा बिद्यालय रहेका छन् । जसमध्ये ४६ वटा सामुदायिक र ७ वठा संस्थागत बिद्यालय रहेको पालिकाले जनाएको छ ।

झिमरुकले विद्यार्थी संख्या नभएका बिद्यालयमा दरबन्दी मिलानलाई प्राथमिकता दिएर दरबन्दी मिलान गरिएको छ । विद्यार्थी संख्या नभएका तथा शिक्षक बढी भएका बिद्यालयबाट मापदण्ड बनाएर दरबन्दी मिलान गरिएको प्रमुख प्रशासकीय अधिकृत बिकास केसीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको छलफल बैठकमा प्रमुख प्रशासकीय अधिकृत विकास केसी, प्रशासन शाखाका दामोदर उपाध्याय, सामुदायिक र संस्थागत माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो, भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय