प्यूठान । अति व्यस्त रहने बजार क्षेत्रमा सडक सुरक्षाका लागि ट्राफिक चिन्ह राखिएको छ । विजुवार चोक र भौकामा ‘बजार क्षेत्र गति सिमित’ र ‘हर्न निषेध’ सम्बन्धी आदेशमुलक ट्राफिक चिन्ह राखिएको हो ।

इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक मिलन पाण्डेयको नेतृत्वमा अस्थायी ट्राफिक पोष्ट विजुवारका प्रहरी सहायक हवल्दार लछुमान गिरी र प्रहरी जवान जीवराज गिरी सहितको टोलिले सन्देशमुलक बोर्ड राखेको हो ।

दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षामा विशेष ध्यान दिन सचेतनामुलक कार्य अन्तरगत व्यस्त क्षेत्रमा चिन्ह राखिएको सहायक हवल्दार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय