प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको बैठक सम्पन्न भएको छ । पार्टीको प्रथम अधिबेशन पछिको पाचौं बैठक जुम्रीमा सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष बिकास पोख्रेलको अध्यक्षतामा भएको बैठकले पार्टी सुदृढीकरण तथा संगठन बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । पार्टीको बैठकले विभिन्न विभागको प्रमुखहरु मनोनीत समेत गरेको छ।

जस अनुसार जिल्ला सल्लाहकार बिभागमा मदन पोख्रेल, अनुसासन आयोग बिभागमा भेष बहादुर ढकाल, र्‍यापिड एक्सन टिम (आरएटी) बिभागको सभापतिमा नारायण केसीलाई मनोनित गरेको जिल्ला सहसचिव तथा संगठन बिभाग प्रमुख डा.ओमहरी भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जिल्ला समिति सदस्यमा माण्डबी गाउँपालिकाबाट मीन गहतराजलाई मनोनित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय