प्यूठान । नेकपा एमाले प्यूठानको पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय बिजुवारस्थित सहिद उमेशचन्द्र थापा स्मृति भवनको सभाहलमा भएको पुर्ण बैठकले देशब्यापी रुपमा शुरु गरेको मिसन पार्टी जागरण अभियान जिल्लामा संचालन गर्ने भएको हो।
पार्टी केन्द्रिय सर्कुलर अनुसार अभियान सुभारम्भ गरिएको जिल्ला सचिव इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो । जिल्ला कमिटीको बैठकबाट प्रारम्भ भएको अभियान पालिका कमिटी हुँदै वडा र टोल कमिटीसम्म पुग्ने उहाँको भनाई छ ।
अभियान संचालनका लागि पालिका अनुसार केन्द्रिय प्रतिनिधि खटिने छन । प्यूठान नगरपालिका र जिल्लाभर केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापा, नौबहिनी र झिमरुक गाउँपालिकामा पुर्व केन्द्रिय सदस्य हरि रिजाल, स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा लुम्बिनी प्रदेश सचिवालय सदस्य तुल्सिराम शर्मा, सरुमारानी र मल्लरानी गाउँपालिकामा लुम्बिनी प्रदेश सचिवालय सदस्य धनबहादुर रायमाझी, गौमुखी र ऐरावती गाउँपालिकामा धर्म गिरीलाई प्रतिनिधि तोकिएको छ ।
अभियान अन्तर्गर केन्द्रिय कमिटीले तय गरेको कार्ययोजना कार्यान्वयन गर्दै आवश्यकता अनुसार वडा र पालिका अधिबेशन गर्ने निर्णय भएको सचिव पोख्रेलले जानकारी दिनुभयो ।
जिल्ला पार्टी अध्यक्ष बिजय विराज बिष्टको अध्यक्षतामा सम्पन्न भएको पार्टीको सातौँ पूर्ण बैठकमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापाको प्रमुख आतिथ्यता तथा पुर्व केन्द्रिय सदस्य हरि प्रसाद रिजालको विशेष आतिथ्यता रहेको थियो ।
बैठकमा जिल्ला स्थित केन्द्रिय, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका, वडा कमिटी र जनवर्गीय संगठनका प्रमुखहरु लगायतको उपस्थिति रहेको नेकपा एमाले प्युठानले जनाएको छ ।



S.K. Creative Media Group