सुजल श्रेष्ठ
प्यूठान । गौमुखी गाउँपालिका वडा-६ लिबाङकी सर्मिला घर्तीको हत्याको आरोपमा मृतकको श्रीमान र देवरलाई प्रहरीले पक्राउ गरेको छ ।
१९ वर्षकी सर्मिलाको हत्या आरोपमा श्रीमान २० वर्षिय अनिल घर्ति र देवर १८ वर्षिय जनक घर्तीलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो ।
माघ १६ गते बेलुका करीब ८ बजे सर्मिलालाई घुँम्न जाँउ भनि घरबाटै लगी गोन्द्रेचौरबाट भिर तर्फ पल्टाई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक पटक पल्टाएर ३० मिटर तल अड्किए पछि फेरि पल्टाएर १०० मिटर तल पुगेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।
पक्राउ परेका दुई जनालाई अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।



S.K. Creative Media Group