प्यूठान । माण्डवी गाउँपालिका–४ उदयपुरकोट माझगाउँमा पिकअप जीपको ठक्करले एक बालकको मृत्यु भएको छ । जीपको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा प्यूठान अस्पतालमा ज्यान गएको हो ।
३८ महिनाका मिसन थापालाई चकचकेदेखि उदयपुरकोट जाँदै गरेको लु ३ च ६७७७ नम्बरको जीपको ठक्कर दिएको थियो ।
सवारी र चालक इलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेको छ ।



S.K. Creative Media Group