प्यूठान । गौमुखी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नवनिर्मित प्रशासनिकय भवनको बुधबार एक कार्यक्रमका वीच गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले औपचारिक उद्घाटन गर्नुभयो ।

निर्माण गरिएको भवन आधुनिक संरचना, सहज पहुँच र सेवाग्राहीमैत्री सुविधासहित निर्माण गरिएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै सेवाग्राहीले एकै स्थानबाट सहज, छरितो र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यसले स्थानीय तहको सेवा प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

६ करोड २३ लाख ५५ हजार रुपैंयाको लागतमा पुँजालिवासेमा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको उहाँको बताउनुभयो ।

निर्माण सम्झौता अनुसार समयावधि अगावै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका निर्माण व्यवसायी बालाजु श्रेष्ठलाई पनि कदरपत्र सहित सम्मान गरिएको छ । साथै १०६ दिन अगावै निर्माण सम्पन्न भएको भवनको निर्माण मल्लरानी कन्ष्ट्रक्सन प्रा।लि।ले गरेको हो ।

सोहि अवसरमा निशुल्क जग्गादातालाई समेत सम्मान गरिएको छ । उक्त भवनको शिलान्यास २०८१ साल साउन १९ गते गाउँपालिका अध्यक्ष गिरीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय