प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले कर्तव्य ज्यान सम्वन्धी मुद्धामा संलग्न रहेको आरोपमा एक जना महिलालाई करीव साढे ३ वर्षपछि पक्राउ गरेको छ । प्रतिवादी नखुलेको कर्तव्य ज्यान मुद्धाको अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय प्यूठानले घटनामा संलग्न महिलालाई पक्राउ गरेको जनाएको छ ।

स्वर्गद्वारी नगरपालिका वडा नम्वर ६ डाँडाखर्क निवासी ३२ वर्षीय चेती सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्राईले जानकारी दिनुभयो ।

 

६३ वर्षीया धनी कुमार सुनार ०७९ मंसिर १ गते टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला पर्नुभएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा   मृतककी सौतेनी कान्छी बुहारी चेती सुनार घटनामा संलग्न रहेको खुल्न आएको प्रहरी निरीक्षक भट्राईले जानकारी दिनुभयो ।

घटनाको विषयमा जिल्ला अदालत प्यूठानबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय