प्यूठान । स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी सम्वन्धि अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय प्यूठानमा आईतबार सम्पन्न भएको छ । लुम्बिनी स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा जिल्लाका सञ्चारकर्मीसँग उक्त कार्यक्रम गरिएको हो ।
स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु सञ्चारमाध्यम मार्फत प्रवाह गर्न संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कोशलराज वैद्यले बताउनुभयो । कार्यक्रममा प्रस्तुतीकरण गर्दै उहाँले स्वास्थ्यको विषयमा रिपोर्टिङ गर्दा ध्यानपूर्वक गर्नुपर्ने भन्दै सचेतता अपनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
सर्वसाधारणलाई स्वास्थ्य सम्वन्धि आधिकारीक जानकारी उपलब्ध गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने कोल्डचेन अधिकृत वैद्यले बताउनुभयो । “सामाजिक सञ्जालमा यो रोगको यसरी समाधान हुन्छ भनेर व्यापक रुपमा आएका हुन्छन,” उहाँले भन्नुभयो, “ति कुराहरु आधिकारीक होइनन, यसमा हामीले सर्वसाधारणलाई बुझाउन जरुरी छ ।”


S.K. Creative Media Group