प्यूठान । लागु औषध मुद्धामा फरार एक जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नम्वर २ क्वाडी बस्ने २५ वर्षीय पारस विश्वकर्मालाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत प्यूठानले २०८० माघ १९ गते गरेको फैसला अनुसार विश्वकर्माले २ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ । आईतबार बेलुका करीव ५ बजेतिर सरुमारानी गाउँपालिका वडा नम्वर २ ददेरीबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी निरीक्षक सुजन बाबु विश्वकर्माले जानकारी दिनुभयो ।


S.K. Creative Media Group