प्यूठान । ऐरावती गाउँपालिकामा स्वस्थ गाउँ सहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम सम्पन्न भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
दिगो विकासमा योगदान पुर्याउने,आवश्यक स्वास्थ्य सेवा, सरसफाई,वातावरणीय व्यवस्थापन र स्थानीय शासनको भूमिकाबारे जानकारी प्रदान गर्ने, समुदाय स्तरमा स्वस्थ गाउँसहर निर्माण गर्नका लागि स्थानीय श्रोत र साधनको परिचालनबारे समूह छलफल लगायतका उदेश्यहरु यो कायक्रमको रहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वस्थ गाउँ सहर निर्माणका स्तम्भहरु , स्वस्थ गाउँ सहरका मुख्य स्तम्भहरु , यसमा समुदायको भूमिका, स्थानीय तहको भूमिका किन र कसरी , विद्यमान चुनौतीहरु, अपेक्षित उपलब्धिहरु, कार्ययोजनाका बारेमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले व्यक्ति स्वस्थ नभई कुनै काममा अगाडी बढन नसक्ने भएकाले सामाजिक,आर्थिक सबै पक्षमा व्यक्ति स्वस्थ हुन आग्रह गर्नुभयो । दैनिक स्वस्थ भएर काम सुरुवात गरेमा सकारात्मक साथ अगाडी बढिने र काम पनि सहज तरिकाले गर्ने भएकाले सबैले स्वस्थ गाउँ÷सहर कार्यक्रमलाई साथ दिनुपर्ने बताउनुभयो ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरद गौतम, जनप्रतिनीधि, शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको छ । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत पुष्कलप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।


S.K. Creative Media Group