प्यूठान । एक महिनाको छोरीको उपचारका लागि हिडेकी एक महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । झिमरुक गा.पा. २ गडेरीपानी बस्ने अन्दाजी २५ वर्षीया बेदना थापा सोमबार झिमरुक गाउँपालिका-
५ ढाड स्थित झिमरुक नदिमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापा घरबाट आफ्नो १ माहिनाकी छोरीलाई उपचार गराउन ढाड स्वास्थ्य चौकीमा जान्छु भनि बादिकोट देखि बुटवल जाने गाडीमा चढेर ढाड बजारमा ओर्लिएकी थिईन ।
त्यस पश्चात छिमेकी बर्ष २० को सन्तोस के.सी.लाई मेरो बच्चा छोप्दिनु भनि दिई गएकोमा फिर्ता नभएपछि प्रहरीलाई
करीब १२:३० बजे जानकारी गराए पश्चात खोजी शुरु भएको थियो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


S.K. Creative Media Group