प्यूठान । ऐरावती गाउँपालिका–६ स्थित महेन्द्रदिप स्वावलम्बी महिला समुहका सदस्यले बाख्रा उपहार पाएका छन । मूल समुह हरियाली स्वावलम्वन महिला समुहका सदस्यले बहिनी समुहका सदस्यलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।
ऐरावती गाउँपालिकामा सञ्चालित ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी कार्यक्रम अन्र्तगत आईतबार १८ वटा बाख्रा उपहार प्रदान गरिएको हो । ऐरावती गाउँपालिकामा सञ्चालित ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी कार्यक्रम अन्र्तगत बाख्रा उपहार प्रदान कार्यक्रम गरिएको हो । ऐरावती गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको सहजीकरणमा परियोजना सञ्चालन भएको छ ।
उपहार प्रदान कार्यक्रममा ६ नम्वर वडाका वडा अध्यक्ष भरत बहादुर खड्काको प्रमुख आतिथ्यता थियो । हरियाली स्वावलम्बी महिला समुहका अध्यक्ष निमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शिवराज श्रेष्ठ, कमला नेपाली, ऐरावती सामाजिक उद्यमी महिला सहकारीका व्यवस्थापक जुनमाया पुनमगर लगायतको उपस्थिती रहेको थियो ।


S.K. Creative Media Group