प्यूठान । बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मोहन सुबेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको दोस्रो अधिबेशनबाट सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन उप समितिका संयोजक मुक्ति प्रसाद शर्मा अधिकारीले जानकारी दिनुभयो ।
संस्थाको उपाध्यक्ष राधा पुलामी, सचिब प्रभात श्रेष्ठ
र कोषाध्यक्ष टोप बहादुर मल्ल रहनुभएको छ ।
संस्थाको सदस्यमा भुवन सिंह, रमेश कुमार आचार्य, रबिन्द्र रोका, साबित्रा हौजाली, सुशिला नेपाली रहनुभएको छ ।
अधिबेशनले लेखा सुपरिवेक्षण समितिको संयोजक डिमराज पोख्रेल, सदस्यमा रबिन्द्र पाण्डे र बाबुराम उपाध्याय निर्वाचित हुनुभएको छ ।


S.K. Creative Media Group