प्युठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचनमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् प्रा. डा. गोविन्दराज पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

तीव्र प्रतिस्पर्धा रहेको खुलातर्फको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यका लागि भएको मतगणनामा सुरुदेखि नै अग्रस्थान (शीर्ष चार) मा रहँदै उहाँले ४ हजार ४५६ मत प्राप्त गर्नुभएको हो ।

बौद्धिक तथा नीतिगत तहमा कुशल पहिचान बनाउनुभएका डा. पोखरेल निर्वाचित भएपछि उहाँका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन ।

उहाँको आगमनले पार्टीको नीति निर्माण, सांगठनिक सुदृढीकरण र देशको आर्थिक-सामाजिक विकासका एजेन्डाहरूलाई नयाँ दिशा दिने आम कार्यकर्ताले विश्वास लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय