प्यूठान । दशैंलाई लक्षित गरी प्यूठानको ऐरावती गाउँपालिकामा रहेको ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्था बरौलाले खसीबोका विक्री गरेको छ । सहकारीले आयोजना गरेको खसीबोका तथा कृषि उत्पादन बिक्री मेलामा १२२ वटा खसीबोका विक्री गरेको जनाएको छ ।

 

ऐरावती गाउँपालिका–५ स्थित औद्योगिक ग्राम द्वारेघाटमा विहीबार सञ्चालन भएको मेलामा स्थानीय किसानले उत्पादन गरेका खसीबोका तथा कृषि उपज बिक्रीका लागि ल्याएका थिए ।

 

ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्था बरौलाको आयोजना, ऐरावती गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोग तथा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको सहजीकरणमा मेला सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय