गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भाउजूको हत्या गरेको आरोपमा देवरलाई प्रहरीले पक्राउ गरेको छ । मालिका गाउँपालिका-२, दर्लिङ खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिला खत्रीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार गराएर घर फर्किने क्रममा प्रहरीले शंका लागेपछि लिलालाई गुल्मी अस्पताल पुर्याएको थियो । अस्पतालमा जाँच गर्ने क्रममा लिलाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रहरीले आरोपित बलबहादुरलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

S.K. Creative Media Group