जाजरकोट । जाजरकोटको जुनिचाँदेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बलेरो जिप बिहान करिब २ बजे गैरीगुवास्थित भित्री सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ का २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाकी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

दुर्घटनामा दिलबहादुर भण्डारी, उहाँका ४ वर्षीय छोरा शिशिर भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय