प्यूठान । नेपाली कांग्रेस प्यूठानका पूर्व सभापति अमरप्रसाद भण्डारी पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश भूगोल (खुला) तर्फको केन्द्रीय सदस्य पदमा उहाँ अत्यधिक मतसहित विजयी हुनुभएको हो ।
कूल ३ पदका लागि भएको प्रतिस्पर्धामा भण्डारीले २ हजार ३८४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभयो । 
 भण्डारीसँगै कमल किशोर घिमिरे (२,३७० मत) र प्रचण्ड विक्रम न्यौपाने ‘गुण्टु’ (२,२३९ मत) पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय