काठमाडौं । मधेस प्रदेश सरकारको प्रमुख घटक एमाले सरकारबाट बाहिरिएको छ । मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई शुक्रबार सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो ।
एमालेबाट मन्त्री बन्नुभएका लखन दासले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले आफूहरूसँग गरेको १५ बुँदा सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको बताउनुभयो ।
मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा एमाले र नेकपाको सरकार छ । एमालेले समर्थन फिर्ता लिएपछि मधेस प्रदेश सरकारमा रहेको कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

S.K. Creative Media Group