मित्र थापा
अर्खा । बेसिवन जागरण फ्रेण्ड्स क्लबको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुषतर्फ उज्यालो सामुदायिक विकास मञ्च गुल्मी र महिलातर्फ तमु समाज, बागलुङले उपाधि जितेका छन ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम उज्यालो सामुदायिक विकास मञ्चले ६० हजार ६६ रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय बल्घास युवा एकता समाज, बागलुङले ४० हजार ४४ रुपियाँ नगद, तृतीय युथ युनिटी बागलुङले २० हजार २२ रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
महिला भलिबलतर्फ प्रथम भएको तमु समाज बागलुङले ३० हजार ३३ रुपियाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय ब्रेभ युथ ग्रुप, रजवारा प्युठानले २० हजार २२ रुपियाँ, तृतीय गौमुखी संरक्षण मञ्च अर्खा प्युठानले १० हजार ११ रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
गौमुखी गाउँपालिका वडा नम्वर १ अर्खा स्थित बेसिवन बालज्योति प्राथमिक विद्यालयको मैदानमा असोज २५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ २८ र महिलातर्फ ९ टिम सहभागी भएका थिए । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आपसी सद्भाव अभिवृद्धिमा योगदान पुर्याएको आयोजकले जनाएको छ ।
क्लवका अध्यक्ष फानबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी प्रमुख अतिथि रहनुभएको थियो । खेलकुद समिति अध्यक्ष प्रदीप शाही, वडा नं. १ का अध्यक्ष दिलबहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन रमेश बुढाले गर्नुभएको थियो ।


S.K. Creative Media Group