प्यूठान । बडादशैँको फूलपाती पर्वलाई भव्य र उल्लासमय बनाउन दर्भानमा भोलि बृहत् शोभायात्रा आयोजना हुने भएको छ।
सरुमारानी गाउँपालिका-२ स्थित दर्भान कुटी मन्दिरबाट दिउँसो २ बजेदेखि सुरु हुने भनिएको शोभायात्रा दर्भान बजार हुँदै खड्गेश्वरी दुर्गा भवानी मन्दिरमा पुगेर फूलपाती भित्र्याउने कार्यक्रम तय गरिएको हो ।
शोभायात्रामा देवीका रूपमा सजिएका नौ कन्यालाई अगाडि लगाई फूलपातीको डोलीसहित बाजागाजा, सराय नाच, भजनकीर्तन, लाखे नाच र विभिन्न महिला समूहको आकर्षक भेषभूषासहित सहभागिता रहने दर्भान कुटी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शान्तराज आचार्यले जानकारी दिनुभयो।
धार्मिक आस्था, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शोभायात्राको आयोजना गरिन लागेको उहाँले बताउनुभयो ।
शोभायात्रामा सहभागी हुन आयोजकले सम्पूर्ण जनसमुदाय, भक्तजन तथा श्रद्धालुहरूलाई आग्रह समेत गरेको छ।

S.K. Creative Media Group