काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपिएल)को तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टिम सहभागी छन । च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन ।

एनपिएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउनेछ । यसै गरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ प्राप्त गर्ने छन ।

यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डिआरएस) को प्रयोग हुने छ । आज पहिलो खेल च्याम्पियन लुम्बिनी लायन्स र पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ । खेल अपराह्न साढे चार बजे सुरु गर्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय